Skip to content

गभर्नर डा‍. पौडेल विरुद्ध अख्तियारमा उजुरी

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर विश्वनाथ पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

गभर्नरको नियुक्ति कानूनविपरित भएकाले छानबिन गर्न माग गर्दै आयोगमा उजुरी परेको हो । डा. पौडेलले पेश गरेको प्रमाणपत्रमा सफ्टवेयर इन्जिनियरिङमा स्नातक र स्नातकोतर तह र रिसोर्स एग्रिकल्चरमै विद्यावारिधि (पिएचडी) को उपाधि रहेको उजुरीमा उल्लेख छ ।

उजुरीमा भनिएको छ ‘नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा संचालकको योग्यता निर्धारण गरिएको छ यसै दफाको (ग) मा आर्थिक, मौद्रिक, बैंकिंग, वितीय, वाणिज्य, ब्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा स्नातकोतर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिंग, वित्तीय वा वाणिज्य कानूनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको र स्पष्टिकरणमा यस खन्डको प्रयोजनको लागि कार्य अनुभव भन्नाले नेपाल सरकार वा बैंकको विशिष्ठ श्रेणीको पद वा विश्वविध्यालयको प्राध्यापक वा ‘क’ श्रेणीको वाणिज्य बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय संघ, संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले सो पद भन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झनुपर्छ भन्ने स्पष्ट व्याख्या गरिएको छ ।’

नेपाल राष्ट्र बैंक ऐन २०५८ (प्रथम संशोधन २०६३ समेत मिलाइएको रूपमा) को दफा १५ को उपदफा २ को (क) (ख) र (ग) बमोजिम नेपाल सरकारबाट गठित समितिले उपदफा ३ बमोजिम गभर्नर नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिंग, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रमा स्नातकोततर व्यक्तिहरु हुनुपर्ने उल्लेख भएकोमा सो पालना नभएको देखिने उजुरीमा उल्लेख छ ।

डा पौडेलले पेश गरेका प्रमाणहरु, शैक्षिक योग्यतामा आफैले गरेको टिप्पणी, विभिन्न क्षेत्रमा पेश गरेको शैक्षिक योग्यतासम्बन्धी कागजपत्रहरु, बैंक तथा वित्तिय संस्थामा रहेका सेयर संख्याहरु, राजनितिक दलकाको प्रतिनिधित्व गर्ने बलिया आधारहरुका कारण उनी गभर्नर बन्न अयोग्य रहेको भन्दै छानविन गर्न माग गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime