Skip to content

दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

nabil bank

काठमाडौं ।राष्ट्र बैंकले गत आर्थिक वर्षमा दुई वाणिज्य बैंकलाई काुरबाही गरेको छ ।

राष्ट्र बैंकले सिटिजन्स बैंक र एनआइसी एसिया बैंकलाई कारबाही गरेको हो । सिटिजन्स बैंक तथा वित्तीय संस्था नियमन विभागले दिएको निर्देशन विपरीत बैंकका प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा संशोधन गरी प्रमुख कार्यकारी अधिकृतको सुविधा वृद्धि गरेको थियो।

सिटिजन्स फास्ट ट्रयाक कर्जा अन्तर्गत कर्जाको उपयोगको सम्बन्धमा आन्तरिक लेखापरीक्षकबाट विस्तृत अध्ययन गर्न यस बैंकबाट दिइएको निर्देशनको पालना नगरेको भन्दै बैंकलाई सचेत गराएको हो।

त्यस्तै, सिटिजन्स बैंकले ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको, दावी परेका बैंक जमानतको भुक्तानी तोकिएको समयवाधिभित्र नगरेको, लामो समयसम्म निरन्तर अस्थायी रूपमा म्याद, बढाइएका कर्जाहरूमा नियम अनुसार कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको हो।

बैंकले चालुपुँजी सम्बन्धी मार्गदर्शन, पूर्णरूपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ गरेको थियो। एनआइसी एसिया बैंकले ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने व्याजदर ९स्थिररपरिवर्तनीय०, किस्ता सम्बन्धी व्यवस्था सरल एवं स्पष्ट भाषामा उल्लेख नगरेको पाइएको हो। त्यस्तै, बैंकले ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई नदिएको देखिएपछि राष्ट्र बैंकले यस बैंकलाई सचेत गराएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime