Skip to content

भिजिट भिषामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए, छानविन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

nabil bank

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्र्तराष्टिय विमानस्थलबाट भिजिट भिषामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरुलाई नेपाल फकाईएको छ ।

दिल्ली विमानस्थलबाट एनओसी विना कुवेत जान लागेका महिलाहरुलाई दिल्लीस्थित नेपाली दुतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुदै बिहीबार राति रुपन्देही पुरयाइएको छ ।

दिल्लीस्थित नेपाली दुतावासमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दुतावासका कर्मचारीको टिमले महिलाहरुलाई सुनौली नाका हुदै रुपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । प्रजिअ घिमिरेका अनुसार महिलाहरुलाई अहिले प्रहरीले काठमाण्डौं ल्याइरहेको छ ।

त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरुको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन व्यूरोलाई आवश्यक छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रुपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime