Skip to content

सपोर्ट लघुवित्तको नाफा १४०.६२ प्रतिशतले बढ्याे, अन्य सूचक यस्ता छन् ?

nabil bank

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा खुद नाफामा उल्लेख्य सुधार गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस कम्पनीले ५ करोड ११ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको १४०.६२ प्रतिशतले बढेको हाे । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीको नाफा २ करोड १२ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएकाे थियो ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आउँदा खुद नाफा पनि बढेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको खुद ब्याज आम्दानी १३ करोड ५२ लाख ६० हजार रुपैयाँ रहेको छ । कम्पनीको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलना लगभग ६३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीको खुद ब्याज आम्दानी ८ करोड २९ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको सञ्चालन नाफा ७ करोड ९६ लाख ९२ हजार रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २०९.५९ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीको यस्तो नाफा २ करोड ५७ लाख ४१ हजार रुपैयाँ मात्र थियो ।

कम्पनीको चुक्ता पुँजी १२ करोड २४ लाख ४३ हजार रुपैयाँ रहेको छ । यस कम्पनीको जगेडा कोषमा ८ करोड ५२ लाख ४४ हजार रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीले ४६ करोड १५ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरेर कर्जा लगानी गरेर १ अर्ब ९२ करोड ९१ लाख ७९ हजार रुपैयाँ गरेको छ।

यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ४१ रुपैयाँ ८१ पैसा रहेको छ । यो अघिल्लो आर्थिक वर्षको यस अवधिको तुलनामा २४ रुपैयाँ ४१ पैसाले बढेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३८ पैसामात्र रहेको थियो । यस अवधिसम्म कम्पनीको नेटवर्थ १६९ रुपैयाँ ६२ पैसा रहेको छ । कम्पनीको खराब कर्जा १।५८ प्रतिशतमात्र रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime