काठमाडौं । नेपालका १० वटा वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षणका लागि बंगलादेशी लेखापरीक्षक फर्म हाउल्याडर युनुस एन्ड कम्पनी छनोट भएको छ ।
बंगलादेशको लेखापरीक्षक फर्म हाउल्याडर युनुस एन्ड कम्पनीले नेपालका १० वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परिक्षण गर्ने भएको हो ।
राष्ट्र बैंकका अनुसार अब उक्त कम्पनीलाई लेखापरीक्षण गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउने छ । लेखापरीक्षण गर्दा कर्जाको गुणस्तर मूल्यांकन र खराब कर्जाको अवस्था परिक्षण गरिने छ ।
राष्ट्र बैंकका अनुसार हाउल्याडर युनुस एन्ड कम्पनीले कन्सल्टेन्सी कार्यका लागि भ्याटबाहेक ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र २ लाख ७१ हजार ६ सय ७९ अमेरिकी डलर रुपैयाँ पाउनेछ ।






प्रतिक्रिया दिनुहोस्