काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि छानविन गर्न बनेको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक र तत्कालिन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई कैद सजाय र नगद जरिवाना गर्न सिफारिस गरेको छ ।
जनआस्था अनलाइनले सार्वजनिक गरेको विवरणअनुसार आयोगले सरकारलाई प्रतिवेदन बुझाउँदै तीनै जनालाई ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सिफारिस गरेको छ ।
जेनजी आन्दोलनसम्बन्धी अध्ययन गर्न गौरी बहादुर कार्कीको संयोजकत्वमा बनेको आयोगले सरकारलाई यस्तो सिफारिस गरेको हो ।
आयोगले मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ लागू गर्न सुझाव दिएको छ ।












प्रतिक्रिया दिनुहोस्