लगानीन्युज/काठमाडौँ : आज नेप्से परिसूचक १४ दशमलव ०३ अंकले घटेर ११९६ दशमलव २९ को विन्दुमा पुगेको छ। आज ३२ करोड ५२ लाख बराबरको शेयर खरिद बिक्री भयो। कारोवार रकमपनि बिहीबारको तुलनामा घटेको छ।
आज सबै उपसुचकमा घटे। सबै भद्ना धेरै निर्जीवन बीमा कम्पनीको उपसुचकमा १ दशमलव ७३ प्रतिशतको गिरावट देखियो।
आज बजारको न्यून विन्दु ११९५ दशमलव ७० विन्दु रहेकोमा बजार त्यो भन्दा अलिक माथि ११९६ दशमलव २९ को विन्दुमा बन्द भएको छ। बजार आज खुलेबाट घट्न थालेको थियो तर एक पटकपनि बाउन्स ब्याक गर्न खोजेन। यस किसिमको प्रवित्तिलाई त्यति सकारात्मक मानिदैन।
प्रतिक्रिया दिनुहोस्