लगानीन्युज /काठमान्डौ :
रास्ट्र बैंकले मौद्रिक नीति मार्फत वाणिज्य बैंकको न्युनतम चुक्ता पुँजी ८ अर्ब तोकेको थियो। रास्ट्र बैंकको यही नियम अनुरुप ३ वटा वाणिज्य बैंक बाहेक सबैले न्युनतम चुक्ता पुँजी हासिल गरिसकेको अवस्था छ।
अझै पनि ८ अर्ब चुक्ता पुँजीको लक्ष्य हासिल नगर्नेमा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक (NCCB ), बैंक अफ काठमान्डौ (BOK), र कुमारी बैंक (KBL) रहेका छन्।
एनसिसि बैंकले भाद्र ४ गते बाट ५० प्रतिशत हकप्रद शेयर बिक्री सुरु गरेको छ। हकप्रद शेयरको लागि मूल्य समायोजन भैसकको हुनाले कम्पनीको पुँजी ७ अर्ब १ करोड आउँछ। हकप्रद पश्चातपनि कम्पनीको पुँजी १४ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ।
त्यस्तै बैंक अफ काठमान्डौ र कुमारी बैंकलेपनि आफ्नो पुँजी क्रमस १३ प्रतिशत र १२ प्रतिशतले पुँजी वृद्धि गर्नु पर्ने छ।
प्रतिक्रिया दिनुहोस्