लगानीन्युज/काठमान्डौ:आर्थिक वर्ष ७४/७५ को तथ्यांकको आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ। आर्थिक वर्ष ७३/७४ मा ३ लाख ९८ हजार नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा कार्यरत थिए भने आर्थिक वर्ष ७४/७५ मा यो संख्या १० दशमलव १ प्रतिशतले घटेर ३ लाख ५८ हजार पुगेको छ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपनि विप्रेषण आप्रवाह (रेमिट्यान्स ) भने वृद्धि भएको छ। आर्थिक वर्ष ७४/७५ मा नेपालमा विप्रेषण आप्रवाह ८ दशमलव ६ प्रतिशतले वृद्धि भएर ७५५ अर्ब ६ करोड पुगेको छ।
लोकप्रिय
जीवन बीमाको अपरेशनल इफीसेन्सी र जोखिमको वर्तमान अवस्था: रोशनप्रसाद ज्ञवाली (विचार)
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (पूर्णपाठ)
आँखुखोलाका अध्यक्ष र सञ्चालकले कानून विपरित बेचेको ९३ हजार कित्ता सेयरमा सेबोनको मौनता, १ वर्षदेखि अध्ययन कायमै
सेयर बजारमा खोइ अप्सन, खोइ फ्युचर ? मुराहरि पराजुली (विचार)







प्रतिक्रिया दिनुहोस्