Skip to content

व्यापार घाटा २६ दशमलव ७ प्रतिशतले वृद्धि


लगानीन्युज/ काठमाण्डौ :  रास्ट्र बैंकले उपलब्ध गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ७४/७५ मा कुल वस्तु निर्यात ११ दशमलव  १ प्रतिशतले वृद्धि भएको छ भने कुल वस्तु आयात २५ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ। नेपालले  कुल ८१ अर्ब १९ करोड बराबरको मात्र वस्तु निर्यात गरेकोमा १२४२ अर्ब ८३ करोड बराबरको वस्तु आयात गर्नु परेको  छ।  
यस वर्ष चीन संगको कुल वस्तु निर्यात  सबै भन्दा धेरै वृद्धि भएको छ।  चीन तर्फ ४३ दशमलव ३ प्रतिशतले कुल वस्तु निर्यात वृद्धि भएकोमा भारत तर्फ  १२ दशमलव  ४ प्रतिशतले कुल वस्तु निर्यात वृद्धि भएको छ।  त्यस्तै  भारतबाट हुने कुल वस्तु आयात २७ दशमलव ८ प्रतिशतले वृद्धि भयो भने चीन बाट हुने कुल वस्तु आयात २५ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।  
निर्यातको वृद्धि दर भन्दा आयातको  वृद्धि दर  धेरै भएकाले  देशको वस्तु व्यापार घाटा २६ दशमलव  ७ प्रतिशतले वृद्धि भएर ११६१ अर्ब ६४ करोड पुगेको छ।  
समिक्षा अवधिमा निर्यात आयात अनुपात ६ दशमलव ५ प्रतिशत कायम भएको छ , अघिल्लो वर्ष यो अनुपात ७ दशमलव  ४ प्रतिशत थियो।  
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi