Skip to content

१०५ वर्ष अघिको तथ्याङ्क अनुसार नेपालको कुल वस्तु निर्यात ४ करोड, आयात २ करोड



लगानीन्युज/काठमान्डौ: नेपाल राष्ट्र बैङ्कले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ७४/७५ मा नेपालले कुल रु. ८१ अर्ब १९ करोड बराबरको वस्तु निर्यात गरेकोमा रु. १२४२ अर्ब ८३ करोड बराबरको वस्तु आयात गर्नु परेको छ। देशको वस्तु व्यापार घाटा रु. ११६१ अर्ब ६४ करोड पुगेको छ। हामी दिनानु दिन वाह्य उत्पादनमा निर्भर हुँदै छौ । आयात र निर्यातवीचको खाडल वर्षैपच्छिे फराकिलो हुँदै जाँदा व्यापार घाटाको अवस्था नाजुक बन्दै छ ।
आज भन्दा करिब १०५ वर्ष अघिको तथ्याङ्क हेर्दा देश वैदेशिक व्यापारको मामलामा देशको अवस्था सन्तोष जनक थियो। सन् १९१३/१४ मा नेपालले कुल रु. ४ करोड २४ लाख बराबरको वस्तु निर्यात गरेकोमा सोही वर्ष रु. २ करोड ४ लाख बराबरको वस्तु आयात गरेको थियो । नेपाललाई अहिले कृषि प्रधान देश भन्न पनि गाह्रो छ किनकि हामीले कृषि जन्य पदार्थको निकै ठुलो आयात गर्दैछौ तर सन् १९१३/१४ तथ्याङ्क हेर्दा नेपालले निर्यात गर्ने प्रमुख वस्तु हरुमा कृषि उत्पादन रहेको पाइन्छ ।

तथ्याँकको श्रोतः डा. महेशचन्द्र रेग्मीका विभिन्न प्रकाशनहरु र इण्डो नेपाल ट्रेड  रिलेसन्स
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T