Skip to content

मेरो राजीनामा चाहिएको की अन्लाईन ?

nabil bank

लगानीन्युज/काठमान्डौ:
सोमबार नेपाल स्टक एक्सेञ्जको परिसर निकै तनाव पूर्ण वातावरणमा थियो। लगानीकर्ताले नेप्सेले ल्याएको अनलाईन प्रणाली प्रति त्यति खुशी थिएनन। अनलाईन भन्ने वित्तिकै लगानीकर्ताले आफ्नै घरमा बसी बसी आफैले शेयर कारोवार गर्न पाउने भनेर बुझेको थिए। लागानीकर्ताले आफै कारोवार गर्न पाउनु त पर जावोस ब्रोकर अफिसमा कारोवार गर्न पनि समस्या भएको थियो । 
 
अडर हाल्नमै समस्या, अडर इडिट गर्न समस्या , अडर मेटाउन समस्या आदि। यति मात्र कहाँ  हो र  कुनै ब्रोकर अफिसमा कारोवार हुन्थ्यो तर कुनैमा कारोवार नहुने समस्या देखिदै आएको थियो।
  
लगानीकर्ता भने अब वार की पारको लडाईमा थिए। यसै बीच लगानीकर्ताको ठुलो समुह सोमबार बिहान देखि नै नेपाल स्टक एक्सेञ्जको कार्यालय अघि नारा विरोध गर्दै थिए। 
लगानीकर्ताहरु सफ्टवेर निर्माण गर्ने कम्पनी, नेप्सेका कर्मचारीको कुरामा विस्वस्त हुन् सकेनन। हुनत आईटीको भाषा कसरी बुज्नु लगानीकर्ताले ? 
अब त्यसपछि लगानीकर्ताले  प्रमुख कार्यकारी अधिकृतको राजिनामा माग्न थाले।  लगानीकर्ताहरु नेप्से प्रमुखका घुमाउरा कुरा सुन्न मानिनै रहेका थिएनन।  नेप्से प्रमुखले ” यतिका वर्ष देखि आउने भनेको अनलाईन ल्याएको छौ  ” भन्दा झन् विरोध आयो।  राजीनामा माग्ने स्वर ठुलो-ठुलो हुदै थियो।  राजीनाको कुरा धेरै सुनेर होला नेप्से प्रमुखले अन्तिममा भने “तपाईहरु अन्लाईनको लागि आउनु भएको की मेरो राजीनामाको लागि ?”
भीड बाट एउटा सानो आवाज आयो चाहिँएको अनलाईन हो तर समयमा आएन भने तपाईको राजीनामा ! 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi