Skip to content

भट्टसँग जोडिएका ५६ जनाको सेयर रोक्का गर्न सीआईबीको पत्र: धमाधम विवरण संकलन गर्दै सेबोन, उपासना पौडेल, चिरायु भण्डारीदेखि दिगम्बर झासम्म

nabil bank

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धितोपत्र नेपाल धितोपत्र बोर्डलाई ५६ जना व्यक्तिहरुको सेयर रोक्का राखेर विवरण पठाउन पत्राचार गरेको छ ।

ब्यूरोले जेठ ११ गते उक्त पत्र पठाए लगत्तै धितोपत्र बोर्डले नेप्से, सिडिएससी लगायत सरोकारवाला निकायसँग विवरण माग्न थालेको छ ।

ब्यूरोले प्रतिवादी दीपक भट्ट समेतको धितोपध सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानको सिलसिलामा थप ५६ जनाको धितोपत्र बजारमा भएको लगानी सम्बन्धी विवरण खुलाई पठाउन भनेको छ । साथै त्यस्तो लगानी रोक्का राख्न समेत निर्देशन दिएको छ ।

ब्यूरोले सेबोनमा पठाएको पत्रमा विभिन्न कम्पनीमा रहेका उच्च पदस्थ व्यक्तिहरु समेत रहेका छन् । जसमा हिमालयन रिइन्स्योरेन्सका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, मर्चेन्ट बैंकरका सञ्चालक, माइक्रो इन्स्योरेन्सका सञ्चालक रहेका छन् ।

सीईआबीले सेयर रोक्का राखेर विवरण मागेका व्यक्तिमा हिमालयन रि–इन्स्योरेन्सको सीईओ उपासना पौडेल, नेपाल माइक्रो इन्स्योरेन्सको सीईओ सिद्धान्त झुनझुनवाला, सोही क्रम्पनीको सञ्चालक लतिका गोल्यान, सोही कम्पनीको सञ्चालकहरु बद्री सिदेल, प्रविना दाहाल रहेका छन् । दाहाल लगानी समितिको अध्यक्ष समेत हुन् । यस्तै लगानी समितिको सदस्य सुजल मल्ल पनि रहेका छन् ।

यस्तै हिमालयन इन्स्योरेन्सको सञ्चालक अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला रहेका छन् । यस्तै हिमालयन रि–इन्स्योरेन्सको लगानी समितिको सदस्य मनिष कुमार, हिमालयन सेक्युरिटी बैंकरका सञ्चालक सिताराम वाग्ले, आकांक्षा गुप्ता रहेका छन् ।

यस्तै क्यापसर्भका अध्यक्ष शिशिर गैह्रे, हिमालयन इन्भेष्टमेन्ट बैंकरका अध्यक्ष कपिल कुमार दाहाल, सञ्चालक बिनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानङ्ग, सञ्चालक समिति सदस्य राजन प्रसाद अधिकारी रहेका छन् । क्रेष्ट माइक्रो इन्स्योरेन्सका सञ्चालक विदुर पुरी, हिमालयन इन्भेष्टमेन्ट बैंकरको .लगानी सदस्य सुभाष पौडेल, शालिनी संघई, प्रतिक जोशी रहेका छन् । यस्तै गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालक डा. जयप्रकाश जैसवाल, उद्धवनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योती अग्रवाल, नवराज मुडभरी रहेका छन् ।

यस्तै गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारी, सोही कम्पनीका लगानी समिति सदस्य ज्योतिप्रकाश पाण्डे, समिर खरेल, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको अध्यक्ष किर्तिका अग्रवाल, सञ्चालक सदस्य तथा लगानी समिति संयोजक दिनेश सरिया, हिमालयन लाईफ इन्स्योरेन्सका सञ्चालक विवेक कुमार शाह, लक्ष्मण झावली, . राजिव प्रसाद प्याकुरेल, सोही कम्पनीका सञ्चालक सदस्य तथा गानी समिति संयोजक आशिष ढकाल, सञ्चालक सदस्य तथा लगानी समिति संयोजक सौरभ दुगड, सञ्चाmक सचिन आचार्य, प्रमिला के.सी र सञ्चालक दिगम्बर झा समेत रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi