Skip to content

राष्ट्र बैंकले ६ वटा लघुवित्त वित्तिय संस्थालाई गर्यो नगदसहित कारबाही

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा लघुवित्त वित्तिय संस्थालाई कारबाही गरेको छ ।

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमामा संस्था, सञ्चालक समितिका पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो ।

कारबाही गरेका मध्ये फरवार्ड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, मातृभुमि लघुवित्त वित्तीय संस्था, एनआईसी लघुवित्त वित्तीय संस्था, वीन नेपाल लघुवित्त र सञ्जीवनी लघुवित्त वित्तीय
संस्था लिमिटेड रहेको छ ।

फरवार्डले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमको शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको छ ।

यस्तै धौलागिरीले २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमको शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको छ ।

यस्तै मातृभूमिले गत असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (ख) बमोजिमको शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको छ ।

यस्तै एनआईसीले गत असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.३९ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमको शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको छ ।

यता वीन नेपालले गत चैत महिनामा संस्थाले अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम पटकका लागि ५८.३८ रुपैयाँ नगद जरीवाना लगाइएको छ ।

यस्तै सञ्जीवनीले गत २०८२ चैत, २०८३ बैशाख, जेठ र असार महिनामा संस्थाले अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम, दोस्रो, तेस्रो र चौथो पटकका लागि क्रमशः ७१३.८८ रुपैयाँ, १ हजार ६७.४० रुपैयाँ, १ हजार ४१२.९१ रुपैयाँ र १ हजार ४१०.७८ रुपैयाँ नगद जरीवाना लगाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima