Skip to content

नेपाल लाइफ इन्स्योरेन्सको नाफा २८.७५ प्रतिशतले घट्यो, इपीएस कति ?

nabil
global ime

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिकमा इन्स्योरेन्सको नाफा २८.७५ प्रतिशतले घटेको छ । चालु आवको पहिलो मसान्तसम्म १५ करोड ३५ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्म इन्स्योरेन्स कुल आम्दानी १०.३९ प्रतिशतले बढेर २० अर्ब २७ करोड २६ लाख ५० हजार रुपैयाँ पुगेको छ । कम्पनीको कुल खर्च ११.४३ प्रतिशतले बढेर १९ अर्ब २५ करोड ९४ लाख २३ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको खुद बीमाशुल्क आर्जन १०.०८ प्रतिशतले बढेर १४ अर्ब ७१ करोड ६४ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको जीवन बीमा कोषको आकार १६.६९ प्रतिशतले बढेर २ खर्ब ८६ अर्ब ४६ करोड ८५ लाख ८१ हजार रुपैयाँ पुगेको छ भने महाविपत्ति कोषको आकार ०.८३ प्रतिशतले बढेर १ अर्ब ५५ करोड ६४ लाख ७५ हजार रुपैयाँमा रहेको छ ।

यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५५ पैसा बाट घटेर ६ रुपैयाँ ४८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ७८ पैसा रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T