Skip to content

देउसी-भैलो २४सै घण्टा खेल्न दिन सबै जिल्लालाई गृह मन्त्रालयको आग्रह

nabil
global ime

काठमाडौं । गृह मन्त्रालयले तिहारमा देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा सामाजिक सद्भाव कायम हुने गरी देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो ।

मन्त्रालयले देउसी–भैलो कार्यक्रम स्वैच्छिक र मर्यादित ढङ्गले सञ्चालन गर्न, कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य नपार्न तथा जातजाति, धर्म, भाषा र समुदायबीच घृणा फैलाउने किसिमका नृत्य, गीत, सङ्गीत र नाराको प्रयोग नगर्न आग्रह गरेको छ ।

त्यस्तै, चाडपर्व मनाउने क्रममा जुवातास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन मन्त्रालयले अनुरोध गरेको छ । अत्यधिक ठूलो आवाजमा ध्वनि उपकरण प्रयोग नगर्न तथा अस्पताल र वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन पनि भनिएको छ ।

देउसी–भैलो वा चाडपर्व मनाउने क्रममा शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा कुनै समस्या परेमा प्रहरी नियन्त्रण कक्षको १०० नम्बर वा आपत्कालीन कार्य सञ्चालन केन्द्रको ११४९ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T