लगानीन्युज/काठमान्डौ: आज साताको पहिलो दिन नेप्से परिसुचक १७ दशमलव ४७ अंकले घटेर ११३० दशमलव ६३ को विन्दुमा पुगेको छ। परिसुचक आज १ दशमलव ५४ प्रतिशतले घटेको छ। आज दिन भरमा ४५ करोड ४६ लाख बराबरको शेयर किनबेच भएको छ। कारोवार रकम भने अन्तिम दिन को कारोबार भन्दा बढेको छ।
आज बजार ११४८ दशमलव ३६ को विन्दुमा खुलेको बजार ११४८ दशमलव ७० अंक को उच्च बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११२९ दशमलव ८९ रहेकोमा बजार त्यो भन्दा माथि ११३० दशमलव ६३ को विन्दुमा बन्द भएको छ।
आज ट्रेडिङ्ग उपसुचक बाहेक सबै उपसुचकमा गिरावट देखिएको छ।














प्रतिक्रिया दिनुहोस्