काठमाडौं । सेयर बजारमा करोडौ रुपैयाँ पुँजीगत लाभकर छली भएको छ । महालेखापरीक्षकको ६३ औं बार्षिक प्रतिवेदनले ४ जनाले अर्बौ रुपैयाँ करछली भएको जनाएको छ ।
महालेखाका अनुसार आयकर ऐन, २०५८ को दफा ९५ क (२ख) मा नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको नि: सर्गबाट प्राप्त लाभको हकमा अवधिको आधारमा ५ प्रतिशत र ७.५ प्रतिशत एवं सूचीकरण नभएको निकायको हकमा प्राकृतिक व्यक्तिको लाभमा १० प्रतिशत अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था छ ।
ठुला करदाता कार्यालयअन्तर्गतको एक करदाताको चुक्ता पुँजी ३ अर्ब रहेको छ । साथै जगेडा कोषमा ९० करोड ३८ लाख ४७ हजार र प्रतिसेयर नेटवर्थ १३०.१३ रुपैयाँ रहेको छ । ३ सेयरधनीले आव २०८०/८१ मा १ अर्ब ३५ करोड २६ लाखको १ करोड ३५ लाख २६ हजार कित्ता सेयर १० व्यक्तिलाई बिक्री गरेको भएपनि पुँजीगत लाभकर दाखिला गरेको देखिएन ।
नेटवर्थका आधारमा ४० करोड ७५ लाख ३८ हजार रुपैयाँ पुँजीगत लाभ भएकोमा त्यसको १० प्रतिशतले हुने ४ करोड ७ लाख ५४ हजार र त्यसमा ब्याज तथा शुल्कसमेत छानबिन गरी कर निर्धारण गर्न निर्देशन दिएको छ ।
१ सेयरधनीले १६ लाख २० हजार कित्ता सेयर प्रति सेयर ३३६.३६ रुपैयाँका दरले ५४ करोड ४९ लाखमा बिक्री गरेको देखिए ।
कम्पनीको रिजर्भ १ अर्ब १ करोड ३१ लाख ७० हजार रहेको आधारमा प्रतिसेयर नेटवर्थ ४००.१८ रुपैयाँ रहेकाले कम्तीमा पनि नेटवर्थका आधारमा बिक्री गर्दा ४८ करोड ६२ लाख ९२ हजार पुँजीगत लाभ हुने देखिन्छ ।
नेटवर्थका आधारमा सो लाभमा १० प्रतिशतले हुने ४ करोड ८६ लाख २९ हजार लाभकर दाखिला गर्नुपर्नेमा ३ करोड ८३ लाख मात्र दाखिला गरेको देखिएकोले न्यून दाखिला भएको १ करोड ३ लाख २९ हजार र सोको ब्याज तथा शुल्कसमेत छानबिन गरी कर निर्धारण गर्न निर्देशन दिएका छ ।












प्रतिक्रिया दिनुहोस्