Skip to content

अनलाईन आएको १ महिना ; परिसूचक करिव एक सयले घट्यो , अरु के भयो ?

nabil bank

लगानीन्युज/काठमान्डौ: पूर्ण स्वचालित अनलाईन कारोवार प्रणाली आएकोपनि एक महिना पुगेको छ।  काठमान्डौ र राजधानी बाहिरका केही प्रमुख शहरमा सिमित हाम्रो दोश्रो बजार पूर्ण स्वचालित अनलाईन आए पश्चात देश व्यापि हुने आश सबैमा थियो।
अनलाईन कारोवार प्रणाली पश्चात दोश्रो बजार देश व्यापी हुनु त धेरै परको कुरा राजधानी भित्रका लगानीकर्ताहरुले समेत सहज कारोवार गर्न नपाउँदा नेपाल स्टकमा आन्दोलन नै गर्न जानु परेको थियो।  नेप्सेको काम देखेर लगानीकर्ताको आन्दोलनलाई शान्त बनाउन नेप्सेलाई हम्मे हम्मे नै भयो।  
लगानीकर्ताले आफै किन बेच गर्न पाएनन न सहज कारोवार नै भयो ! :
लगानीकर्ताले अनलाईन कारोवार प्रणाली आए पनि आफैले शेयर किन बेच गर्न पाएको अवस्था छैन । ब्रोकर अफिस गएर कारोवार गर्नु पर्ने बाध्यता अझै बाँकी नै छ। अनलाईन कारोवार प्रणाली सुरु भए देखि ब्रोकरका  शेयर अडर हाल्न, अडर सच्चाउन र अडर मेटाउन ठुलै समस्या रहेको थियो। त्यस्तै कुनै ब्रोकरकोमा शेयर कारोवार हुने तर कुनैमा कारोवार नहुने समस्या पनि केही दिन राम्रै चल्यो।  

पूर्ण स्वचालित अहिलेसम्म नामको मात्र :
पूर्ण स्वचालित कारोवार प्रणालीमा लगानीकर्ताहरुले आफ्नो शेयरआफैले किन बेच गर्न पाउनु संगै बैंक खाता र डिम्याट खाता एकै ठाउमा “इन्ट्रीगेट” हुनु पर्दछ। पूर्ण स्वचालित अन्लाईन कारोवारमा सबै प्रकारका राफसाफ एकै ठाउँमा हुनु पर्दछ।  पूर्ण स्वचालितको विषयमा नेपाल स्टक एक्सेञ्जले “बैंक संग कुरा हुँदै छ” भन्ने बाहेक कुनै ठोस उपलब्धी हासिल गर्न सकेको छैन।  
प्रहरीको घेरा भित्र बाट भाषण गर्नु पर्यो :
अनलाईन कारोवार प्रणालीमा निकै ठुलो समस्या आए पछि लगानीकर्ताहरु नेप्से घेर्न पुगेका थिए।  लगानीकर्ताहरुको विरोध संगै नेप्सेमा कार्यरत  कर्मचारीहरु प्रहरीको घेरा भित्र बाट लगानीकर्तालाई सम्बोधन गर्न बाध्य थिए। यसरी लगानीकर्ताको नेप्से प्रति दिन प्रतिदिन आक्रोश बढ्दै गयो। 
तथ्याङ्कमा समस्या नै समस्या भयो :
नेप्सेले दिने तथ्यांकमा निकै त्रुटी फेला परे।  मार्केट डेप्थ, मूल्य समायोजन, बजार मूल्यमा लगानीकर्ताले निकै नै   गलत सूचना पाउँदै आएको अवस्था सिर्जना भयो ।  
नेप्से परिसूचक सय अंकले घट्यो :
नेपाल स्टक एक्सेञ्जले पूर्ण स्वचालित अन्लाईन कारोवार प्रणाली कार्तिक २० गते अर्थमन्त्रीको  हातबाट सुरुवात गर्यो । अनलाईन कारोवार प्रणाली पछि सबैमा शेयर बजारले राम्रो दिशा समात्ने अनुमान लगाएकोमा  त्यसको ठिक विपरीत भयो।
कार्तिक २० गते मंगलबार नेप्से परिसूचक १२२२ दशमलव ५३ को विन्दुमा बन्द भएको थियो तर अहिले एक महिना पछि अर्थात् मंसिर २० गते नेप्से परिसूचक ११२० दशमलव ८४ को विन्दुमा पुगेको छ।  एक महिनाको अवधिमा नेप्से परिसूचक १०१ दशमलव ६९ अंकले घटेको छ।

अनलाइन प्रणाली कहिले बाट ?

लगानीकर्ताको दवाव संगै ब्रोकर अफिससंग सम्झौता गरेका लगानीकर्ताले मंसिर २३ गते बाट “युजर नेम” र “पासवर्ड” पाउने  र पुष १७ गते बाट पूर्ण स्वचालित अन्लाईन कारोवारमा लगानीकर्तालाई समावेस गराउने योजना सार्वजनिक गरेको छ। 
यो १ महिनाको अवधिमा ५० वटा ब्रोकर कार्यालयमा कारोवार गर्न समस्या देखियो भने हजारौ लगानीकर्ताको हातमा कारोवार पुग्दा के होला ? एउटा ठुलो प्रश्न चिन्ह लगाउनेको संख्यापनि ठुलै छ।  नेप्सेले पुष १७ गते अघि नै यो कुराको निस्कर्ष निकाल्नु जरुरी छ किनकी पूर्ण रुपमा काम नगरेको प्रणालीलाई सिधै ल्याउदा नेप्सेले निकै ठुलो  आलोचना खेप्नु परेको थियो।

लगानीकर्ताको सम्पत्ति  माथि खेलवाड गर्ने अधिकार कसैलाई छैन र नेप्सेले पुष १७ गते भित्रै सम्पूर्ण तयारी पुरा गर्नु पर्ने हुन्छ।  केटाकेटी खेल होइन अनलाईन कारोवार प्रणाली, यसलाई सही रुपमा प्रयोग गरीएन भने ठुलो दुर्घटना आउँन पनि सक्छ। प्रविधिको सदुपयोग गरिनु पर्दछ तर प्रविधिलाई नै हलुका रुपमा लिदा त्यसले दुर्घटना निम्ताउन सक्छ।  

आजको आधुनिक पुँजी बजारमा अनलाईन  कारोवार प्रणाली एउटा आधारभूत कुरा हो।  यसले पुँजी बजारको विकास र विस्तार गर्न ठुलो सहयोग गर्छ।  सबै मिलेर अनलाईन कारोवार प्रणालीलाई सफल बनाउन लागिपरौ।  अनलाईन कारोवार प्रणालीमा कुनै निकायले तल माथि गर्न खोजे , लापारवाही गरे सकारात्मक दवाव दिदै जाउ। 
सबै मिलेर हाम्रो साझा पुँजी बजारको विकास र विस्तार गरौ। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi