Skip to content

लगातार चार दिन सम्म बढेको बजारमा आज लाग्यो ब्रेक

nabil bank



लगानीन्युज/काठमान्डौ: लगातार ४ दिन सम्म वृद्धि भएको बजार आज साताको तेश्रो दिन नेप्से परिसूचक १४ दशमलव ६१ अंकले घटेर  ११६८ दशमलव १७ अंकमा बन्द भएको छ। आज दोश्रो बजारको परिसूचक १ दशमलव २४   प्रतिशतले घटेको  छ।

आजको बजारको उच्च विन्दु ११८५ दशमलव ३६ थियो भने न्यून विन्दु ११६५ दशमलव ५९ रहेकोमा बजार त्यो भन्दा अलिक माथि  ११६८  दशमलव १७ को विन्दुमा बन्द भएको छ। आज ५३  करोड २३  लाख बराबरको शेयर किनबेच भएको थियो। कारोवार रकममा आएको वृद्धि र नेप्से परिसूचकमा आएको दोहोरो अङ्कको गिरावटले गर्दा आज बजारमा बिक्री चाप धेरै नै रहेको प्रमाणित हुन्छ।

आज सबै भन्दा धेरै समिट माइक्रोफाईनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भयो भने विजय  लघुवित्तको शेयर मूल्य सर्वाधिक ७ दशमलव ३७ प्रतिशतले घट्यो। आज नेपाल बैंकको सर्वाधिक ५   करोड ९   लाखको शेयर कारोवार भयो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi