Skip to content

नवलपरासीको वर्दघाट नगरपालिकामा पहिलो पटक शेयर तालिम सम्पन्न

nabil
global ime

लगानीन्युज/नवलपरासी: सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा नवलपरासी जिल्ला स्थित वर्दघाट नगरपालिकामा पहिलो पटक शेयर तालिम आयोजना भएको छ। तालिममा स्थानीय २५  जना लगानीकर्ताको सहभागिता थियो।  

तालिम संयोजक लिला पाण्डेका अनुसार शेयर तालिम यस क्षेत्रमा पहिलो पटक आयोजना भएको र यस प्रकारको तालिमले यस क्षेत्रमा शेयर बजारको एउटा माहोल सिर्जना भएको जानकारी दिनु भयो।  कार्यक्रमका प्रमुख अतिथि गोपी राज भुषालले आयोजकलाई धन्यवाद ज्ञापन गर्नु भयो। 
आयोजक सफल नेपाल इन्भेस्टमेन्टका अध्यक्ष  कमल तिवारीका अनुसार प्रदेश नम्बर ५ मा शेयर बजार विकास र  विस्तार गर्न आफुहरु लागिपरेको र यसले पक्कै पनि शेयर बजार सम्बन्धी जनचेतना वृद्धि गर्न मदत पुग्ने छ। 
उपत्यका बाहिर  पनि शेयर बजार प्रति चासो दिने क्रम वृद्धि हुँदै छ। हिमालयन पार्टी प्यालेसमा आयोजना भएको कार्यक्रममा सन्तोष राज बजगाईले ट्रेनरको भूमिका निर्वाह गर्नु भएको थियो। 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima