Skip to content

उद्योग वाणिज्य संघ चितवनको वस्तुगत उपाध्यक्षमा युवा व्यवसायी जनक पौडेलको उम्मेदवारी

nabil bank

चितवन।  उद्योग वाणिज्य संघ चितवनको वस्तुगत कर्पोरेट तर्फको उपाध्यक्षमा युवा व्यवसायी जनक पौडेलले उम्मेदवारी दिएका छन् । 

चितवनमा लोकप्रिय व्यवसायीको छवि बनाएका पौडेल अहिलेको उद्योग वाणिज्य संघ चितवनको सदस्य हुन् । यस्तै युवा उद्यमी मञ्च चितवनको सदस्य पदमा रहेका पौडेल युवा उद्यमशीलताको क्षेत्रमा समेत क्रियाशिल रहेका छन् ।  उद्योगी र व्यवसायीको हकहितको लागि खट्ने पौडेल होटल व्यवसायी संघ चितवनका चितवनको द्वितीय उपाध्यक्ष हुन् । 

मालिका हस्पिटालिटी एण्ड फुड्स प्रालि र वैश्वण मिष्ठान भण्डारका सञ्चालक रहेका पौडेलले व्यवसायीको हकहितलाई अगाडि बढाउन उपाध्यक्षमा उम्मेदवारी दिएको बताए । 

‘अहिले व्यवसाय गर्न कठिन भएको अवस्थामा व्यवसायी साथीको हकहितलाई ध्यान दिने र चितवनलाई व्यावसायिक वातावरणमा बढाउन उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएको हु।’पौडेलले भने । 

उद्योग वाणिज्य संघ चितवनको अधिवेशन पुस २१ गतेदेखि शुरु हुने छ । निर्वाचनको कार्यक्रम पुस २३ गतेको लागि तोकिएको छ ।

 

अध्यक्षको लागि अहिलेको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र तृतीय उपाध्यक्ष शिरीष पन्तले उम्मेदवारी दिएका छन् । 

कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष गरी २५ जना रहने छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime