Skip to content

उद्योग वाणिज्य संघ चितवनको वस्तुगत उपाध्यक्षमा युवा व्यवसायी जनक पौडेलको उम्मेदवारी

चितवन।  उद्योग वाणिज्य संघ चितवनको वस्तुगत कर्पोरेट तर्फको उपाध्यक्षमा युवा व्यवसायी जनक पौडेलले उम्मेदवारी दिएका छन् । 

चितवनमा लोकप्रिय व्यवसायीको छवि बनाएका पौडेल अहिलेको उद्योग वाणिज्य संघ चितवनको सदस्य हुन् । यस्तै युवा उद्यमी मञ्च चितवनको सदस्य पदमा रहेका पौडेल युवा उद्यमशीलताको क्षेत्रमा समेत क्रियाशिल रहेका छन् ।  उद्योगी र व्यवसायीको हकहितको लागि खट्ने पौडेल होटल व्यवसायी संघ चितवनका चितवनको द्वितीय उपाध्यक्ष हुन् । 

मालिका हस्पिटालिटी एण्ड फुड्स प्रालि र वैश्वण मिष्ठान भण्डारका सञ्चालक रहेका पौडेलले व्यवसायीको हकहितलाई अगाडि बढाउन उपाध्यक्षमा उम्मेदवारी दिएको बताए । 

‘अहिले व्यवसाय गर्न कठिन भएको अवस्थामा व्यवसायी साथीको हकहितलाई ध्यान दिने र चितवनलाई व्यावसायिक वातावरणमा बढाउन उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएको हु।’पौडेलले भने । 

उद्योग वाणिज्य संघ चितवनको अधिवेशन पुस २१ गतेदेखि शुरु हुने छ । निर्वाचनको कार्यक्रम पुस २३ गतेको लागि तोकिएको छ ।

 

अध्यक्षको लागि अहिलेको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र तृतीय उपाध्यक्ष शिरीष पन्तले उम्मेदवारी दिएका छन् । 

कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष गरी २५ जना रहने छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi