Skip to content

सुदूरपश्चिम रोयल्सद्वारा जनकपुर बोल्ट्स पराजित

nabil
global ime

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ ।

सम्पन्न खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछाएको जनकपुरले १९.५ ओभरमा अल आउट हुँदै ९३ रन बनाएको थियो । जनकपुरका लागि तृतराज दासले २१ र जिम्मी निशामले २० रन बनाए ।

सुदूरपश्चिमका बलर स्कट कुगेलेनले ३ विकेट लिए भने हेमन्त धामी, थारिन्दु रत्नायाके, दिपेन्द्र सिंह ऐरी, अनिल खरेल र इशान पाण्डेले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाए ।

सुदूरपश्चिम रोयल्सलाई सस्तैमा समेट्न जनकपुर बोल्ट्का कप्तान हर्मित सिंहले ४ विकेट लिए ।

सुदूरपश्चिम रोयल्सका लागि ब्रान्डन म्याकमूलेनले सर्वाधिक ३३ रन बनाए भने विनोद भण्डारी र सैफ जैबले १०-१० रन बनाए। त्यसपछि आएका इशान पाण्डे र दिपेन्द्र सिंह ऐरी क्रमशः ३ र १ रनमा पेभेलियन फर्किए। आरिफ शेख ११ रनमा डगआउट फर्किए । मध्यक्रममा आएका थरिन्दु रत्नायकेले अविजित ३७ रन बनाए ।

जनकपुर बोल्ट्सका लागि बलिङतर्फ कप्तान हर्मितको साथमा ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता, अभिषेक तिवारीले १-१ विकेट लिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T