Skip to content

नाडाको कार्यसमितिले पायो पूर्णता, बरिष्ठ उपाध्यक्षमा गोल्छा

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसियसन अफ नेपालको कार्यसमितिले पूर्णता पाएको छ । कार्यसमिति बैठकले  पदाधिकारी चयन गरेको हो । 

नाडाको अध्यक्षमा यसअघि नै सर्वसम्मत रुपमा करण चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । 

 संस्थाको वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा चयन भएका छन् । त्यसैगरी एशोसिएसनको उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ निर्विरोध चयन भएका हुन् ।

यस्तै एशोसिएट उपाध्यक्षमा जानकी अटोमोबाइल्स एशोसिएसन अफ नेपालबाट तेजनारायण साह र सुदुर पश्चिम अटोमोबाइल्स डिलर्स एशोसिएसनको तर्फबाट पुष्करराज ओझा चयन भए ।

महासचिवमा सुरेन्द्रकुमार उप्रेती र कोषध्यक्ष मिलनबाबु मल्ल निर्विरोध निर्वाचित भएका छन् । सचिवमा भने विक्रम सिंघानिया निर्वाचित भए । उनले यमुना श्रेष्ठलाई पराजित गरेका थिए ।

सहकोषाध्यक्षमा सिग्मा अटोका पंकज अग्रवाल चयन भएका छन् । आजै मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठलाई सदस्यमा मनोनित गरिएको थियो ।

यसअघि नै दीपेन्द्रकुमार मिश्रा, कपिल शिवाकोटी, नवराज भुसाल, सुनिल रिजाल, प्रदीपमान प्रधान, सन्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, प्रकाश कपुरी सदस्य निर्वाचित भएका थिए ।

संस्थागतबाट मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएसनको संजयकुमार श्रेष्ठ, चितवन अटोमोबाइल्स एशोसिएसनबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एशोसिएसन अफ नेपालबाट गणेशप्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एशोसिएसनबाट भद्र भण्डरी सदस्य निर्वाचित भएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi