Skip to content

नियमित विद्युत आपूर्ति गर्न उद्योग संगठन मोरङको माग

nabil bank

काठमाडौं ।  उद्योग व्यवसायको सञ्चालनका लागी आधारभूत कच्चपदार्थको रुपमा रहेको विद्युत आपूर्तिमा विगत केहि समयतया विहान र वेलुकी गरी ८ घण्टासम्म विना पूर्व सूचना भईरहेको विद्युत अवरोधले उद्योग व्यवसाय सञ्चालनमा कठिनाई भएको उद्योग संगठन मोरङले जनाएको    छ ।  

अर्थतन्त्र सूस्तता छाएको अवस्थामा विद्युत आपूर्तिमा अवरोध भईदिदा उद्योगी व्यवसायी माथि बज्रपात थपिएको संगठनका अध्यक्ष राकेश सुरानाले वताए । उनले आर्थिक विकासका मेरुदण्डका रुपमा रहेका उद्योगहरु माथि एकपछि अर्को समस्याहरु थपिरहदा समेत समस्या समाधानमा सरोकारवाला निकायबाट खासै चासो व्यक्त नहुदा औद्योगिक क्षेत्रको सञ्चालन भगवान भरोसाको अवस्थामा पुगेको वताए । 

 

निरन्तर संचालनमा रहनुपर्ने उद्योगहरुमा यसरी पूर्व सूचना विना विद्युत आपूर्ति बन्द गरिदिदा उत्पादन प्रकृया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी विग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई भई अनावश्यक आर्थिक भार वहन गर्नु परिरहेको प्रति गम्भीर हुन आग्रह गर्दै उद्योग व्यवसायको सहज संचालनका लागि विद्युतको सहज एवं निरन्तर आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरण तथा नेपाल सरकारका सम्वन्धीत निकाय समक्ष संगठनले आग्रह गरेको छ ।  

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime