Skip to content

जेनजी आन्दोलन सहिद भएका २४ बालबालिकालाई गोल्याण ग्रुपले कक्षा १२ सम्म छात्रवृत्ति दिने

काठमाडौं । जेनजी आन्दोलनमा सहिद भएका परिवारका २४ जना बालबालिकालाई गोल्याण ग्रुपले कक्षा १२ सम्म छात्रवृत्ति उपलब्ध गराउने भएको छ। गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले सहिद परिवारका सन्तानको शिक्षाको सम्पूर्ण जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाएका हुन्।

यस क्रममा जेनजी आन्दोलनका सहिद अनिष पराजुलीका छोरा २ वर्षीय नेल्सन पराजुलीले सरस्वती पूजाको अवसरमा अक्षरारम्भ गरेका छन्। नेल्सन काठमाडौंको बानियाटारस्थित काठमाडौं युरो किड्स स्कुलमा अध्ययनरत छन्। अक्षरारम्भ कार्यक्रममा अध्यक्ष अक्षय गोल्याण स्वयं उपस्थित भएका थिए। सरस्वती पूजाको दिन नेल्सनसँगै पोखरामा एनिक गुरुङ र सिराहामा विवान्सी चौधरीले पनि अक्षरारम्भ गरेका थिए।

अक्षय गोल्याणले सहिदका सन्तानको सपना पूरा गर्न सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै भनेका छन् । “तपाईं कहिल्यै एक्लो हुनुहुन्न। म तपाईंको छेउमा उभिएर हरेक सपनालाई सार्थक बनाउन साथ दिनेछु।” उनले भनेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T