Skip to content

 हिरोको डिलर खोसिएपछि अभिक ज्योति भन्छन्ः नयाँ ब्राण्ड सहित बजारमा आउने तयारीमा छौँ 

nabil
global ime

काठमाडौं । भारतको हिरो मोटरकर्पसँगको साझेदारी तोडिएपछि नेपाल जनरल मार्केटिङका अध्यक्ष अभिक ज्योतिले नयाँ ब्राण्ड सहित बजारमा छिट्टै आउने बताएका छन् । 

लगानीन्यूजसँग कुरा गर्दै ज्योतिले ३५ वर्षको साझेदारी तोडिएको दुःख लागेपनि व्यवसायमा यस्तो उतारचढाव आउने भन्दै केही महिनाभित्रमा नयाँ ब्राण्ड सहित प्रवेश गर्ने बताए । 

भारतको हिरोमोटरकर्पले नेपालमा ज्योति ग्रुपसँगको साझेदारी तोडेर चौधरी ग्रुपलाई हिरो मोटरसाइकलको बिक्रेता नियुक्त गरेको हो । दुईवर्ष अगाडि भारतको हिरो मोटरकर्पले ज्योति ग्रुपको नेपाल मार्केटिङसँग साझेदारी नगर्ने भएपछि ज्योति ग्रुप अदालतमा गएको थियो । अदालतले ज्योति ग्रुपको पक्षमा फैसला नगरेपछि भारतीय कम्पनी हिरोमोटरकर्पले नेपालमा हिरोको आधिकारिक बिक्रेतामा चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले लिएको हो । 

‘हिरोसँग साझेदारी तोडिने भएपछि हामीहरुले अन्य कम्पनीलाई नेपालमा ल्याउने तयारीमा थियौ,’ज्योतिले भने,‘खास गरेर ग्रुपको लिगेसी मोटरसाइकल व्यापारसँग रहेको हुँदा त्यसलाई निरन्तरता दिने छौं।’

हिरोहोण्डादेखि नै नेपालमा त्यसको बिक्रेता ज्योति ग्रुप थियो । भारतमा हिरो र होण्डा छुट्टिएपछि हिरोको बिक्रेता ज्योति ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङले लिएको थियो । जसको स्वामित्व डा रुप ज्योति र उनका छोरा अभिकसँग थियो । पछिल्लो वर्ष ज्योति परिवारमा सम्पत्तिको विषयलाई लिएर अदालतमा मुद्दा समेत छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima