Skip to content

अब वाणिज्य बैंकहरूको ब्याजदर एकल अंकमा झर्ने देखिन्छः गभर्नर अधिकारी

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा वाणिज्य बैंकहरूको ब्याजदर १०.२५ प्रतिशतभन्दा बढी नभएको बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले बैंकको ब्याजदर घट्दै जाने बताए ।

‘अहिलेको वाणिज्य बैंकहरूले १०.२५ प्रतिशतभित्र नै कर्जा दिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘अब वाणिज्य बैंकहरूको ब्याजदर सिङ्गल डिजिट (एकल अंक) मै हुने देखिन्छ ।’

नीति नियमका कारण नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको पनि गभर्नर अधिकारीले बताए। अन्य मुलुकमा सानो कमजोरी भए बैंक समस्यामा गएको उनले बताए ‍।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi