Skip to content

बिहीबार नेप्से ३.४९ अंक घट्यो, कारोबार ३ अर्ब ७६ करोड

nabil bank

 

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३.४९ अंक घटेर २०८४.०९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३०४ स्टकको ९१ हजार ३६४ पटकको कारोबारमा ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से घटे पनि आज सामलिङ्ग पावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सयरमूल्य आज ४८ रुपैयाँ ४० पैसा बढेर ५३२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी,  मिड सोलु हाइड्रोपावर र इन्फिनिटी लघुवित्तको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को एकाइ मूल्य सर्वाधिक ५.०३ प्रतिशत घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi