Skip to content

वैदेशिक रोजगारीमा ६ सयभन्दा बढीलाई ठगी गर्ने विकास वाइवा पक्राउ

nabil
global ime

काठमाडौं ।  वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै  ६ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका–४, ललितपुर बस्ने ३२ वर्षीय विकास वाइवा रहेको उपत्यका अनुसन्धान कार्यालय काठमाडौंले जनाएको छ । पक्राउ परेका उनलाई प्रहरी आज सार्वजनिक गरेको हो। 

निजलाई ललितपुरको लेलेबाट पक्राउ गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । निज तामाङले नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसियालगायतका देशहरुमा पठाइदिन्छु भनी प्रलोभनमा पारी ६ सय जनाभन्दा बढी व्यक्तिबाट करोडौँ रकम ठगी गरेको पाइएको काठमाडौँं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । 

निजले विसं २०७३ सालबाट अयुस म्यानपावरलगायत विभिन्न मेनपावरमा एजेन्टका रुपमा करिब पाँच वर्ष काम गरी विभिन्न व्यक्तिहरुलाई दुबई, कतार मलेसियामा पठाएको प्रहरीको भनाइ छ साथै २०७७ सालमा ठगी तथा अपराधिक लाभसम्बन्धी कसुर मुद्दामा फरार रही नेपाल तथा भारतको विभिन्न स्थानमा लुकीछिपी बसेको, २०८० वैशाखमा आफूलाई विकाश वाइवा भनी नक्कली परिचय दिई बालाजुमा युरो विग्ङ्स एजुकेसन कन्सलटेन्सी सञ्चालन गरेको पनि प्रहरीले जानकारी दिएको छ । 

उनले सरकारी निकायका कर्मचारीलाई समेत युरोप पठाउने भनी रकम लिई नक्कली भिसा देखाई जागिर छाड्न लगाएको तथा विकास वाईवाको नामबाट बैंक खाता खोली आफैंले हस्ताक्षर गरी बैंक तथा वित्तीय संस्थामार्फत आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । 

पक्राउ परेका तामाङले युरोपियन मुलुकमा कामदार पठाउँछु भनेर क्यानडाका लागि १८ लाख रुपैयाँ, माल्टाका लागि ८ लाख रुपैयाँ , पोल्याण्डका लागि ७ लाख र क्रोशियाका लागि ६लाख ५० हजार रुपैयाँका दरले ठगी गरेको प्रहरी नायव उपरीक्षक अनिल घिमिरेले जानकारी दिए । उनका अनुसार निजले  छ सयभन्दा बढी सर्वसाधारणबाट रु ५० हजारदेखि ५ लाख रुपैयाँसम्म रकम लिएको देखिएको छ ।

तामाङले ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावर, बसुन्धारामा ५० प्रतिशत सेयर, हुण्डाईको क्रेटा गाडी खरिद गरेको, भाईको खातामा  १५ लाख ५० हजार रुपैयाँ जम्मा गरेको, जलविद्युत सहकारी संस्थाबाट लिएको १५ लाख रुपैयाँ ऋण तिरेको तथा ५ लाख रुपैयाँको सुनको ब्रास्लेट खरिद गरेको पत्ता लागेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima