काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउको विरोधमा निजी क्षेत्रले साथ दिने भएको छ ।
निजी क्षेत्रका प्रमुख संस्थाहरुले चौधरीलाई पक्राउ गरेर लगानीकर्ताले त्रसाउने काम गरेको बताएका छन् ।
नेपाल उद्योग परिसंघले चौधरी पक्राउको विरोधमा आकस्मिक पत्रकार सम्मेलन नै बोलाएको छ ।
उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले पनि आफ्नो धारण केही समयमा सार्वजनिक गर्ने बताएका छन् ।
व्यवसायीले चौधरीलाई पक्राउ गरेर व्यवसायीलाई त्रसाउने वातावरण सिर्जना भएको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्