Skip to content

सारथी लॉजिस्टिक्सको विराटनगर शाखाको उद्घाटन

काठमाडौं । सारथी लॉजिस्टिक्स प्रालिले आज विराटनगरमा नयाँ शाखाको उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको एक महत्वपूर्ण पाइला चालेको घोषणा गरेको छ ।

उद्घाटन समारोहको अवसरमा कम्पनीले विराटनगर र इटहरीबाट देशका २५ भन्दा बढी मुख्य शहरहरूमा बुकिङ सेवा सुरु गरेको औपचारिक घोषणा गरेको छ । ती गन्तव्यहरूमा बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौंडा, टाडी (पर्सा), नारायणघाट, कावासोती, बुटवल, भैरहवा, बर्दघाट, परासी, घोराही, तुल्सीपुर, रुकुम, सल्यान, पाल्पा, प्युठान, अर्घाखाँची, चौनौटा, कोहलपुर, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, काठमाडौं, पोखरा, त्रिशूली समावेश रहेका छन् ।

विशेष अवसरमा, सारथी लॉजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपानेले, ‘हामी आज विराटनगरजस्तो प्रमुख व्यापारिक केन्द्रमा सारथीको सेवा विस्तार गर्न पाउँदा अत्यन्त गर्व महसुस गर्दैछौं । यो हाम्रो लक्ष्यतर्फको अर्को ठूलो पाइला हो । जहाँ हाम्रा ग्राहकहरूलाई भरपर्दो, किफायती, र प्रविधिमैत्री सेवा उपलब्ध गराउने हाम्रो मिशन रहेको छ। हाम्रो दृष्टिकोण नेपालका सबै सहर र गाउँहरूलाई सहज रूपमा जोड्ने, आर्थिक समृद्धिमा सहयोग गर्ने, र देशव्यापी मानक स्थापना गर्ने हो। चाँडै नै हामी देशका सबै प्रमुख सहरहरूमा हाम्रो उपस्थिति बनाउने योजनामा छौं ।’

उक्त समारोहमा स्थानीय विशिष्ट व्यक्ति, उद्योगीरव्यवसायी, साझेदारहरू र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सारथी लॉजिस्टिक्सले पारदर्शिता, ग्राहक सन्तुष्टि, र राष्ट्रिय गौरवसहितको सेवा प्रदान गर्ने दृढ संकल्प लिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi