Skip to content

दुर्गा प्रसाइको लाइनमा बैंकलाई ओलीको गालीः मिटरब्याजी र बैंक एउटै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंक तथा वित्तीय संस्था मिटरब्याजी भएको बताएका छन् । 

ओलीले शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै बैंकले मिटरब्याजीको जस्तो काम गरेको भन्दै असन्तुष्टी जनाएका हुन् । 

कुनैबेला एमालेका केन्द्रीय सदस्य रहेका ओलीलाई हजुरबुवा भन्ने दुर्गा प्रसाइको शैलीमा ओलीले बैंक तथा वित्तीय संस्थालाई गाली गरेका हुन् । 

‘बैंकको काम खाली ब्याजमात्र बढाउने, धितो लिला गर्ने मात्र हो, सहमति विपरित ब्याज बढाएर ऋणीलाई समस्या पार्ने मिटरब्याजीको काम बैंकले गरे।’

ओलीका बैंकका सञ्चालक सञ्चालक नभएर साहुजीजस्तो भएको भन्दै असन्तुष्टी जनाएका हुन् । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi