Skip to content

स्वीडेनको केन्द्रीय बैंकद्वारा प्रमुख ब्याजदर यथावत कायम

nabil bank

स्टकहो । स्वीडेनको केन्द्रीय बैंक, रिक्स बैंकले बिहीबार आफ्नो बेन्चमार्क ब्याज दर (नीति दर) लाई ४ प्रतिशतमा यथावत् राख्ने निर्णय गरेको छ । यद्यपि यो पहिलेको अपेक्षाभन्दा चाँडो घट्ने सम्भावना रहेको बताएको छ ।

यद्यपि नोभेम्बर र डिसेम्बर महिनामा मुद्रास्फीति निरन्तर सुस्ताएको तथ्यांकमा आधारित रहे पनि मुद्रास्फीतिलाई लक्षित २ प्रतिशतको हाराहारीमा स्थिर राख्न मौद्रिक नीति संकुचनात्मक रहनुपर्ने विज्ञको राय छ ।

स्विडेनी अर्थतन्त्र सुस्त भएको छ र ज्यालामा सामान्य वृद्धि भएको छ जसले मुद्रास्फीति थप घट्ने सम्भावना रहेको सङ्केत गर्छ, बैंकले भनेको छ। यद्यपि बैंकको कार्यकारी बोर्डले त्यहाँ अनिश्चितताहरू रहेको भन्दै मुद्रास्फीति फेरि उठ्न सक्ने बताएको छ । 

भूराजनीतिक असहजता, कर्पोरेट मूल्य निर्धारण व्यवहारहरू सामान्य हुन बाँकी र स्वीडिस मुद्रा क्रोनाको पर्याप्त कमजोरीका कारण आपूर्ति झटकाको जोखिम यथावतै रहेको बताइएको छ ।

हालको नीति दर सन् २००८ पछिको उच्च हो । केन्द्रीय बैंकले सन् २०२२ को मे महिनामा आफ्नो नीति दर बढाउन सरु गर्नु अघि, यो सात वर्षभन्दा बढीको लागि शून्य वा तल रहेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi