Skip to content

युनाइटेड इदी मर्दीले डाक्यो लाभांश प्रस्ताव पारित गर्न फागुन १७ गते साधारणसभा

nabil bank

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले साधारणसभा आह्वान गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न १४ औं वार्षिक साधारणसभा फागुन १७ गते आह्वान गरेको हो ।

 सभाले हाल कायम चुक्ता पुँजीको ५.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७९ र८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi