Skip to content

मेरो किसान लिमिटेडले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सोमबार कमलादीस्थित कार्यालयमा कम्पनी र क्यापिटल बिच सम्झौता भएको हो ।

कृषि क्षेत्रमा प्रविधिमार्फत सेवा विस्तार गर्ने उद्देश्यसहित स्थापना भएको मेरो किसानले किसानसँग प्रत्यक्ष सहकार्य गर्दै बिउ उत्पादन, कृषि उपज संकलन, भण्डारण तथा वितरणसँगै डिजिटल प्लेटफर्ममार्फत उपभोक्तासम्म सेवा पुर्‍याउँदै आएको छ।

कम्पनीले चितवनको पटिहानीमा करिब ३।५ बिगा जग्गामा कृषि प्रशोधन केन्द्र र दुग्ध डेरी स्थापना गरिरहेको छ। चालु आर्थिक वर्षभित्र प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने र आगामी वर्षको पहिलो त्रैमासभित्र डेरी सञ्चालन गर्ने लक्ष्य रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima