Skip to content

आज पहाडी भू–भागमा आंशिक बदली हुने

nabil bank

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। उनले भने, ‘देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आशिंक बदली भएको छ, कैलालीको धनगढीमा हुस्सु र तराईका सम्पूर्ण भू(भागमा कुहिरो लागेको छ, आजसहित एक दुई दिनका लागि वर्षाको सम्भवना न्यून रहेपनि केही प्रदेशमा हिमपातको सम्भवना छ।’

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाडौंको वायुको तापक्रम १० डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता तीन हजार पाँच सय मिटर रहेको छ । यसैगरी काठमाडौंको आजको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रहेको तथा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेन्टिग्रेड रहने मौसमविद् पुडासैनीले बताए । उनका अनुसार काठमाडौंमा वर्षाको सम्भवना नरहेको र काठमाडौंको मौसम आजका लागि मुख्यतया सफा रहने छ ।

यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi