Skip to content

धुम्बाराहीमा पारिवारिक मनोरञ्जन पार्क खुल्यो

काठमाडौं । काठमाडौंको धुम्बाराहीमा पारिवारिक मनोरञ्जन पार्कको सुरुवात भएको छ। करिब १ महिना अगाडिदेखि सञ्चालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन सोमबार अभिनेत्री प्रियंका कार्कीले गरेकी छन्। 

 ‘उप्स’ नामक उक्त पार्कमा बच्चादेखि सिनियरसम्मले खेलको मनोरञ्जन लिन सक्नेछन्। जहाँ आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाइन, क्लाइम्बिङ लगायत इण्डूअर र आउटडूअर खेलहरूको मनोरञ्जन पार्कमा लिन सकिनेछ। 

सस्तो मूल्यमा धेरै खेलहरू एकैठाउँमा खेलेर मनोरञ्जन लिनु यो पार्कको मुख्य विशेषता भएको जनाइएको छ । साथै सपरिवार एकसाथ रूपमा पार्कमा गएर समय व्यतीत गर्न सकिनेछ।

कार्यक्रममा बोल्दै प्रियंकाले सबै प्रकारका खेलहरू खेल्न सकिने ठाउँ आकर्षक बनेको बताइन्। भारतमाको होप उप भनिने फनपार्कको सहयोगमा यो फेमेली फन पार्क नेपालमा सञ्चालनमा आएको हो। नेपालकै पहिलो भनिएको यो फेमेली फन पार्कलाई देशका अन्य स्थानमा पुर्‍याउने योजना सञ्चालक टिमले बनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi