Skip to content

भिजिट भिसा प्रकरणः चार जनालाई थुनामा पठाउने आदेश

 

काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

      

न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले आज अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उक्त प्रकरणमा अन्य ६ जनासँग अदालतले धरौटी माग गरेको छ ।

      

उक्त प्रकरणमा पक्राउ परेकी गीता शाहसँग  पाँच लाख रुपैयाँ, पदम लामासँग एक लाख रुपैयाँ, विनोद कार्कीसँग  दुई लाख रुपैयाँ तथा दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग  सात÷सात लाख रुपैयाँ र रविन अर्यालसँग  एक लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ ।

      

भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा नौ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध यही माघ १८ गते सरकारी कागजात किर्ते गरी सङ्गठित अपराध गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

      

अध्यागमन अधिकृत खड्कालाई गत मङ्सिर १८ गते सरकारी कागजात कीर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा पक्राउ गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima