Skip to content

फागुन १ गते सार्वजनिक बिदा छैनः गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार यसअघि राजपत्रमा प्रकाशित उक्त दिन बिदा कायम नरहेको जानकारी दिए । 

सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सर्वोच्च अदालतले उक्त दिन सार्वजनिक बिदा नदिन सरकारलाई आदेश दिएको थियो । यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेशअनुसार फागुन १ गते बिदा कायम नगर्ने निर्णय गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T