Skip to content
Prabhu

मौद्रिक नीतिः पुँजीकोषको दवाव भएका बैंकलाई केही राहत,संस्थागत मुद्दतीको ब्याजदर बढ्ने

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुँजीकोषको दवाव भएका बैंकहरुलाई राहत दिने मौद्रिक नीति ल्याएको छ । 

मौद्रिक नीतिको मध्यावधि समीक्षमा राष्ट्र बैंकले कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरेको छ । 

यसअघि यस्तो व्यवस्था १ करोडको थियो । यसले पुँजीकोषको दवाव रहेका बैंकहरुलाई सहजता दिने छ । 

पुँजीकोष अनुपात अनुसार यस्तो कर्जामा ७५ प्रतिशत जोखिम भार तोकिएको छ । 

राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाउने नीतिगत व्यवस्था गरेको छ । व्यक्तिगत र मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशत फरक हुने व्यवस्थालाई परिवर्तन गरेर राष्ट्र बैंकले १ प्रतिशत बिन्दुले फरक हुने व्यवस्था गरेको हो । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal