Skip to content

मिथिला लघुवित्तको नाफासँगै अन्य सूचक पनि बढ्यो, कुन सूचक कस्ता छन् ?

nabil bank

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवको चौथो त्रैमाससम्म ८ करोड ४१ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस संस्थाको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ७७ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीले ४ हजार ७५ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षमा यस कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै संस्थाको खुद नाफा पनि बढेको हो। गत आर्थिक वर्षमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.८६ प्रतिशत बढेर २० करोड ९१ लाख ४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीको यस्तो आम्दानी १४ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा संस्थाको अन्य सञ्चालन आम्दानी पनि बढेको छ । यस्तो आम्दानी ३४.९१ प्रतिशत बढेर ५ करोड ४८ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ४ करोड ६ लाख ५६ हजार रुपैयाँ रहेको छ । गत आवमा यस लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४०.३६ प्रतिशत बढेर २६ करोड ३९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाको सञ्चालन मुनाफा १०७.६८ प्रतिशत बढेर १२ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

गत आवमा यस संस्थाको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३२ पैसाबाट बढेर ३७ रुपैयाँ ५८ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ २९ पैसा रहेको छ । यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ४२.५५ गुणा रहेको छ।

गत आवमा यस संस्थाको चुक्ता पुँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको भने यस लघुवित्तको जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९६ करोड कर्जा प्रवाह गरेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi