काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाको लागि ब्याजदर घटाउने निर्णय गरेका छन् ।
माघ महिनाको तुलनामा फागुन महिनामा औसतमा ०.३७ प्रतिशत बिन्दुले एकवर्ष मुद्दतिको निक्षेपको ब्याजदर घटेको छ ।
माघ महिनाको तुलनामा फागुनमा निक्षेपको ब्याजदर नघटाएका बैंकहरुले पनि ब्याजदर भने बढाएका छैनन् ।
एकवर्षको मुद्दति ब्याजदरमा अहिले सबैभन्दा बढीको ब्याजदर भनेको ८.२५ प्रतिशत हो । सबैभन्दा कम ६.४४ प्रतिशत छ । औसतमा एकवर्षको मुद्दति निक्षेपको ब्याजदर ७.७५ प्रतिशत छ भने संस्थागत तर्फ ५.७४ प्रतिशत ब्याजदर बैंकहरुले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्