Skip to content
Prabhu

नेपाल पुनर्बीमामा लगानी बढाउदै शंकर ग्रुपको लगानी रहेको कम्पनी हिमालयन लाइफ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा शंकर ग्रुप अन्तर्गतको हिमालयन लाइफ इन्स्यारेन्सले स्वामित्व बढाउदै लैजाने भएको छ । नेपाल इन्स्योरेन्सको नाममा रहेको सेयर किनेको हिमालयन लाइफले थप सेयर किन्ने भएको हो । 

आइएमई समूह अन्तर्गतका कम्पनीले बेच्न लागेको नेपाल पुनर्बीमा कम्पनीको सेयर शंकर ग्रुपको लगानी रहेको हिमालयन लाइफ इन्स्यारेन्सले किन्ने भएको छ । 

नेपाल पुनर्बीमा कम्पनीमा रहेको सेयर आइएमई समूह अन्तर्गतका कम्पनीहरु  आइजिआई प्रुडेन्सियलले २० लाख  लाख कित्ता हाथवे इन्भेष्टमेन्टले ६ लाख ५० कित्ता,आइएमई लिमिटेड ७ लाख ५० हजार र ग्लोबल आएमई क्यापिटलले  १ लाख ८७ हजार कित्ता सेयर बेच्न लागेका हुन् ।

स्रोतका अनुसार सबै सेयर शंकर ग्रुपको लगानी रहेको हिमालयन लाइफ इन्स्यारेन्सले किन्न लागेको छ । प्रतिकित्ता २८० रुपैयाँको दरले हिमालयन लाइफले सेयर किन्न लागेको हो । 

शंकर ग्रुपका कम्पनीहरुको लगानीमा हिमालयन रि इस्योरेन्स खुलेको छ । नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४४ प्रतिशत बाहेक बढी सेयर विशाल ग्रुप र आइएमई ग्रुपका कम्पनी अन्तर्गतको थियो । तर,पछिल्लो समय पुनर्बीमाबाट बिशाल ग्रुप र आइएमई ग्रुपले स्वामित्व घटाउदै लैजाने नीति अनुसार सेयर बेचेका छन् । 

बीमा समितिले हालै मात्र पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब पुर्याउने घोषणा गरेको छ । सो अनुसार हिमालयनले हकप्रद सेयर दिने निर्णय गरेको छ । बीमा समितिसँग पूर्व स्वीकृति नलिएर हिमालयनले हकप्रद घोषणा गरेको भन्दै विवाद बढेको छ । 

हिमालयन लाइफको अध्यक्षमा शंकर ग्रुपका सुलभ अग्रवाल अध्यक्ष छन् । हिमालयन रि इस्योरेन्सको सञ्चालकमा शंकर ग्रुपका साहिल अग्रवाल सञ्चालक छन् । 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal