Skip to content
Prabhu

नेप्से ६ अंकले बढ्यो, कारोबार ४ अर्ब २५ करोड

nabil

काठमाडौं ।  बुधबार नेप्से परिसूचक ५.९१ विन्दुले बढेर २०७६.५० अंकमा पुगेको छ ।  मंगलबार  साढे ३० अंकभन्दा बढी घटेको नेप्से परिसूचक आज भने ५.९१ अंक बढेर २०७६.५० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.२७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक बढेको छ।

नेप्से सामान्य अंक बढे पनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको ७४ हजार ६७५ पटकको कारोबारमा ४ अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।

बुधबार ५ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल फाइनान्स, बोटलर्स नेपाल (बालाजु), पाँचथर पावर कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

त्यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र समृद्धि फाइनान्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, दोर्दी खोला जलविद्युत कम्पनी र पिपुल्स पावरको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal