Skip to content
Prabhu

एनएमबि लघुवित्तले पनि लाभांश नदिने

nabil

 

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

कम्पनीको फागुन १ गते मंगलबार बसेको सञ्चालक समितिको १५३ औं बैठकले गत आर्थिक वर्षबाट सेयरधनीहरुलाई कुनै पनि बोनस सेयर र नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

उक्त कम्पनीकोे गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार यो लघुवित्त २ करोड २४ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ बाट भने १० प्रतिहत बोनस सेयर वितरण गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal