Skip to content

प्रिओपन सेसनमा नेप्से साढे ७ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा बिहीबार नेप्से परिसूचक साढे ७ अंकले बढेको छ।

बुधबार ४७।९३ अंक घटेर २९५४.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.६६ अंक बढेर २९६१.८० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९१ अंक बढेको छ।

बिहीबार प्रिओपन सेसनमा ५५ स्टकको १०३ पटकको कारोबारमा ७५ लाख ९२ हजार ६२९ रुपैयाँ ५० पैसा बराबरको ८ हजार १२७ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima