Skip to content

प्रधानमन्त्रीसँग विवाद नभएको अर्थमन्त्रीको प्रस्टीकरण

काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग कुनै विवाद नरहेको बताएका छन् । 
अर्थ मन्त्रालयमा आयोजना भएको पत्रकार सम्मेलनमा अर्थमन्त्रीले  प्रधानमन्त्रीसँग संवादमा रहेको र सहकार्य गरेर काम गरेको जानकारी दिए । 
उनले बजेटको मध्यावधि समीक्षामा खर्च कम हुने अनुमान मात्र गरेको भन्दै बजेट घटाउने काम नभएको बताए । 
‘संसद्ले पारित गरेको बजेट घटाउने भन्ने हुँदैन,’महतले भने,‘परम्परा अनुसार यति खर्च होला भन्ने अनुमान पेश गरेको हो।’
महतले बजेटको मध्यावधि समीक्षामा १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान सार्वजनिक गरेका थिए । जेठ १५ मा ल्याएको बजेटमा १७ खर्ब ५१ अर्बको बजेट महतले ल्याएका थिए । 
उनले बजेट कटौती नभएको र हामीले मध्यावधिमा अनुमान गरेको भन्दा बढी खर्च होस भन्ने अपेक्षामा रहेको बताए । 
 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima