Skip to content
Prabhu

भारतको पर्यटन मेलामा नेपालको सहभागिता

nabil

 

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा सुरु हुन लागेको साउथ एसियन ट्राभल एन्ड टुरिजम एक्सचेञ्ज (साट्टे)मा नेपालले सहभागिता जनाएको छ ।

यसअघि नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै आएको साट्टेमा यसपटक भने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०मा आबद्ध व्यवसायीले सहभागिता जनाएका हुन् । दिल्लीमा बिहीबारदेखि सुरु हुन लागेको साट्टेमा भाग लिन जान लागेका व्यवसायीलाई आज टानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेको छ । 

तीन दिनसम्म चल्ने पर्यटन मेलामा टानमा आबद्ध ट्रेकिङ कम्पनी, होटल, ट्राभललगायत २८ कम्पनीले सहभागिता जनाउन लागेको टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले जानकारी दिए ।

उपाध्यक्ष पण्डितले नेपालको पर्यटन क्षेत्रको प्रमुख बजार भारत भएकाले भारतमा हुन लागेको पर्यटन मेलामा टानले सहभागिता जनाएको बताए । टानले दुई हप्तापहिले भारतको मुम्बईमा सञ्चालित आउटवाउन्ड ट्राभल मार्ट (ओटिएम) मेलामा समेत सहभागिता जनाएको थियो । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा ४५ वर्षदेखि क्रियाशील टानमा हाल दुई हजारभन्दा बढी पर्यटन व्यवसायी आबद्ध छन् । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal